चैत ६, २०७७ शुक्रबार

एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । 

उक्त सार्वजनिक ड्र अनुसार स्पेनिस फुटबल क्लब तथा सर्वाधिक १३ पटकको विजेता रियल मड्रिडले इंग्लिस क्लब लिभरपुल प्रतिद्वन्द्वी पाएको छ । 

त्यस्तै यता साविकको विजेता बायर्नले र साविकको उपविजेता पिएसजी यसपटक क्वाटरफाइनलमै भिड्ने भएका छन् । भने इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मनी क्लब बोरुसीया डर्टमण्को सामना गर्नेछ । त्यस्तै अर्को इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोको सामना गर्नेछ । 

क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ र ७ तथा दोस्रो लेग १३ र १४ अप्रिलमा हुनेछ ।