चैत ६, २०७७ शुक्रबार

काठमाडौं : नेपाल स्पोर्ट्स म्यान्जमेन्टको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी अक्सन आज सकिएको छ ।

शुक्रबार आयोजना गरेको अक्सनबाट कुल ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् ।


सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीहरु
१. सुजल श्रेष्ठ
२. दीप कार्की 
३. विकास खवास
४. एरिक विष्ट 
५. तेज तामाङ
६. सुनिल बल
७. दिनेश राजवंशी 
८. विशाल सुनुवार

त्यस्तै ए डिभिजन क्लब मछिन्द्रका मिडफिल्डर सुजल र गोलकिपर दीप कार्की पोखरा थन्डर्स अनुबन्धित भए । सुलजलाई अनुबन्ध गर्न चार टोलीबिच प्रतिस्पर्धा भएको थियो जसमा पोखरा थन्डर्सले लक्की ड्रमा बाजि मारेको हो ।

त्यस्तै डिफेन्डर दिनेश राजवंशी धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भए । भने डिफेन्डर विकास खवास र गोलकिपर विशाल सुनुवार एफसी चितवनमा अनुबन्ध हुँदा तेज तामाङ काठमाडौं रेजर्समा अनुबन्धित गरेको हो ।

नेपाल स्पोर्ट्स म्यान्जमेन्टले 'ए' श्रेणीमा राखेको उनीहरुको अधिकतम मूल्य २ लाखमा अनुबन्धित भएका हुन् । शुक्रबार भएको अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो ।

जसमा 'ए' श्रेणीमा २८ , 'बी' श्रेणीमा ६३ र 'सी' श्रेणीमा ५८ खेलाडी रहेका थिए ।

त्यस्तै १ लाख २० हजारमा कुल ५ जना खेलाडी बिक्री भएका छन् । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।