काठमाण्डौ : चेन्नाईमा गत फागुन ६ मा सम्पन्न २०२१ को ईण्डियन प्रिमियर लिग(आईपिएल) अक्सनमा सहभागी आईपिएलका ८ फ्रेन्चाईज टोलीहरुले जम्मा ५७ जना खेलाडी बोलकबोल गराएकोमा हरेक टोलीले आफ्नो टिममा आवश्यक खेलाडीको परिपुर्ति गरेको सन्दर्भमा हरेक टिमका कप्तानको पनि अन्तिम फैसला टिम व्यवस्थापनले गरिसकेका छन्।कुन टिममा को कप्तान रहने छन् त ? अहिलेसम्म प्राप्त जानकारी अनुसार टिमका कप्तानहरु यसप्रकारका छन्:
१)मुम्बई ईण्डियन्स
आईपिएल ईतिहासको सर्वाधिक उपाधी जित्न सफल मुम्बई डिफेन्डिङ च्याम्पियन पनि रहेको छ।उसले हाल सम्म जितेको ४ आईपिएल ट्रफी रोहित शर्माको कप्तानीमा नै जितेकोले उनी आईपिएल ईतिहासका नै सफल कप्तानमा रहन सफल भएकाले २०२१ को पनि मुम्बईको कप्तानी रोहितले गर्ने लगभग निश्चित रहेको छ। लिगका केहि खेलमा भने वेस्टईन्डिजका अलराउन्डर कायरन पोलार्डलाई पनि कप्तानी गरेको देख्न सकिन्छ।
२)दिल्ली क्यापिटल्स
दिल्लीका हालसम्मका सफल कप्तान श्रेयस ऐयरको कप्तानीमा नै दिल्ली गत बर्ष फाईनल प्रवेश गरेकोमा यस संस्करणमा पनि उनकै कप्तानीमा दिल्ली प्रस्तुत हुनेछ।
३)रोयल च्यालेन्जर्स बैंग्लोर(आरसिबी)
सफल भारतीय कप्तानमा पर्ने विराट कोहलीको नेतृत्व यस बर्ष पनि आरसिबिले निरन्तर राख्ने छ।
४) सनराईजर्स हैदराबाद
आईपिएल ईतिहासको नै सफल विदेशी ब्याट्सम्यान र कप्तानमा रहन सफल डेविड वार्नर टिम हैदराबाद बाट कप्तानी गरेको देखिने छ।
५)कलकत्ता नाईट राईडर्स
गत सिजनको मध्यमा आएर भारतीय विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिकलाई कप्तानको जिम्मेवारीबाट हटाउदै इंग्ल्याण्डका टि ट्वान्टी तथा एकदिवसिय टोलीका कप्तान इयान मोर्गानलाई कप्तान बनाईको कलकत्ताले यस सिजनमा पनि मोर्गानकै कप्तानीमा लिग खेल्नेछ।
६)राजस्तान रोयल्स
गत सिजनमा राजस्तानको कप्तानी गरेका स्टिभ स्मिथलाई अक्सनको अगाडी टिमबाट फुकुवा गरि अक्सनका लागि छोडिदिएको राजस्तानले २०२१ को सिजनका लागि सन्जु सामसनलाई कप्तान बनाउने निर्णय लिएको छ।
७)पन्जाव किंग्स
प्रत्येक संस्करणको आईपिएलमा कप्तान परिवर्तन गर्दै आएको किंग्सले २०२१ को अक्सन अगाडी टिमको नाम र लोगो परिवर्तन गरेकोमा यस टिमको लागि लोकेस राहुल(केएल राहुल) नै कप्तानका लागि निरन्तर हुनेछन्।
८)चेन्नाई सुपर किंग्स
चेन्नाईलाई २००८ बाट नै कप्तानी गर्दै आएका महेन्द्र सिंह धोनीले यस संस्करणको आईपिएलमा पनि टिमलाई नेतृत्व गर्ने जिम्मेवारी लिनेछन् भने प्रतियोगिता केही खेलमा भने सुरेश रैनालाई कप्तानको रुपमा देख्न सकिन्छ।