चैत ६, २०७७ शुक्रबार

काठमाडौ : पोखरा विश्वविद्यालय क्रिकेट लिग(पियुसिएल) को टिम पोखरा युनिभर्सिटि राईनोज टिमले नेपालका मालिङ्गाको नामले चिनिएका तिव्र गतिका बलर अभिनाश बोहोरालाई अनुबन्ध गरेको छ। 

लिगको अक्सन गत साती सम्पन्न भएको थियो।   अक्सनबाट प्रत्येक टोलीले जस्तै राईनोजले पनि ११ खेलाडीको अनुबन्ध गरिरएको थियो। 

८ टोली सहभागी रहने उक्त प्रतियोगिताको यहि ९ गतेबाट सुरुवात हुदैछ।बिहीबार आयोजकले पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो। 

अहिले सम्म ३ संस्करण सफतापुर्वक आयोजना भइसकेको छ।