चैत ७, २०७७ शनिबार

काठमाण्डौ  : दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।
ईलाममा जारी सो प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनलमा  त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।शनिबार नै हुने दोस्रो सेमिफाइनलमा एपीएफ र  विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु २ लाख रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने टोलीले रु १ लाख र तेस्रो हुने टिमले रु ५० हजार रुपैयाँ पाउॅंने छन् ।