चैत ७, २०७७ शनिबार

एजेन्सी : भारत र इंग्ल्याण्ड बिचको पाचौ टिट्वान्टी खेल आज हुदैछ। 

पहिलो टिट्वान्टीमा फराकिलो जित हात पार्न सफल पाहुना टोलीले दोस्रो टिट्वान्टीमा भने घरेलु टोलीले जित निकाल्दै शृखंला १-१ को बराबरीमा ल्याएको थियो। तर मंगलबार भएको खेलमा जित निकाली पाहुना टोली इंग्ल्याण्डले शृखंलामा अग्रता बनाएकोमा पुन: बिहिबार सम्पन्न चौथो खेलमा रोमान्चक जित निकाल्दै शृखंलामा २-२ को बराबरी गर्न सफल भारतिय टोली आज पनि जित निकाल्दै शृखंलाको च्याम्पियन बन्न चाहान्छ ।

भारतिय टिमलाई शृखंला जित्न इंग्ल्याण्ड त्यती सहजको विपक्षि भने रहेको छैन।वर्तमान टिट्वान्टि संरचनामा विश्वको १ नम्बर टोली रहेको इंग्ल्याण्डविरुद्ध जित निकाल्नु फलामको चिउरा समान रहनेछ।

खेल आज साझ ७:१५ मा भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा हुनेछ।कोरोना महामारीका कारण यस खेल पनि बन्द रंगशालामा खेलिनेछ ।

 दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहको छ: 

 इंग्ल्याण्ड 

जेसन रोय,जस बटलर(विकेट किपर),डेबिड मलान,जोनी वेयस्ट्रो,ओयन मोर्गान(कप्तान),वेन स्टोक्स,साम करन,क्रिस जोर्डन,जोफ्रा आर्चर,मार्क वुड र आदिल रसिद 

भारत 

रोहित शर्मा,केएल राहुल,विराट कोहोली(कप्तान), श्रेयस अय्यर,सुर्य कुमार यादव, रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,वासिंटन सुंदर,सार्दुल ठाकुर,भुवनेश्वर कुमार र युजवेन्द्र चहल/राहुल चहर