काठमाडौं : कतार फुटबल एसोसिएसनको सहयोगमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रो लाइसेन्स प्राप्त प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टर अब्दुल्लाह अलमुताइरीलाई पाएको छ ।
कतार फुटबलसँगको सम्झौतापछि अब्दुल्लाह एक वर्षका लागि नेपाल आएका हुन् । अब उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्नेछन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसँग काम गरिसकेका छन् ।