एजेन्सी : इटालियन सिरी फुटबल क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो वर्ष प्लेयर अफ् द इयर अवार्ड जितेका छन् ।
शुक्रबार इटालीमा आयोजित एक सभामा रोनाल्डोले उक्त अवार्ड हात पारेका हुन् । रोनाल्डोलाई वर्ष २०२० का लागि यो अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले वर्ष २०१९ र २०२० गरी लगातार दुई वर्ष यस अवार्ड जितेका हन् । यो अवार्ड वर्षभरिको प्रदर्शनका आधारमा दिइन्छ । प्लेयर अफ् द इयर अवार्ड इटालियन फुटबल संघले प्रदान गर्ने प्रतिष्ठित अवार्ड हो ।
अवार्ड जितेपछि रोनाल्डोले सामाजिक सन्जालमार्फत् खुसी व्यक्त गर्दै लेखेका छन् इटालीमा दोस्रो वर्ष यो अवार्ड जित्न पाउँदा खुसी लागेको र अवार्ड विश्वभर रहेका युभेन्टसका फ्यानलाई समर्पण गरेका छन् । साथै, उनले आफ्ना सहकर्मी, साथीभाइ र फ्यान सबैलाई धन्यवाद पनि दिएका छन् । रोनाल्डो यो सिजन अझै उपाधि जित्न र खुसीयाली मनाउन बाँकी नै रहेकाले आफूहरूको ध्यान त्यसमा रहेको कुरा पनि सन्देशमा दिएका छन् ।