एजेन्सी : बंगलादेश र न्युजिल्याण्ड बिचको तिन खेलको एकदिवसिय शृखंलामा आज भएको पहिलो खेलमा घरेलु टिम न्युजिल्याण्डले जित निकाल्दै शृखंलामा १-० को अग्रता बनाएको छ ।
न्युजिल्याण्डको डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीयमा न्युजिल्याण्डले बंगलादेशमाथी ८ विकेटको जित दर्ता गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । बंगलादेशका लागि ममुदउल्लाहले सर्वाधिक २७ रन जोड्दा मुस्फिकर रहिमले २३ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए ।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित रहदै ४९ रनको इनिङ्स खेले ।
यस्तै मार्टिन गुप्टिलले ३८ रन जोड्दा डेभोन कोनवेले २७ रन बनाए । विल योङ ११ रनमा अविजि रहे ।
दोस्रो एकदिवसिय मंगलबार हुनेछ।