मेयर कप सप्तरी प्रिमियर लिग(एसपिएल)को तेस्रो संस्करण आईतबारबाट सप्तरी राजविराज स्थित राज रंगशालामा सुरु हुदै छ। नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर सहभागी रहने उक्त लिगमा ५ टोली सहभागी रहेका छन्।
आईतबार बिहान ९ बजे मेयर शम्भु यादवले सो प्रतियोगिताको उद्घाटन गर्दै छन्। गत बुधबार यस लिगका लागि अक्सन भएको हो।
अक्सनबाट लिगमा सहभागी हुने पाँच टिमले ६५ खेलाडी भित्र्याएका छन।टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समाबेश गरेको छ।
तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।
अक्सनमा ‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्रि भए भने उनीहरु क्रमश: बोदे बर्साईन, बजाज खडक वारियर्स, टिभीएस किंग्स राजविराज तथा तिलाठी कोइलाडीमा अनुबन्धित रहेका छन्।