काठमाडौं : गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०-के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार दरबारमार्गमा आयोजित यश प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी विजेता बनेका हुन् । गोपी र सन्तोषी लगातार दोस्रो वर्ष च्याम्पियन बनेका हुन् । दुबैले पहिलो संस्करणको उपाधि समेत जितेका थिए ।
गोपीले निर्धारित दुरी ३१ मिनेट ४४.४९ सेकेण्डमा पूरा गरे । उपाधिसँगै गोपीले ६० हजार नगद प्राप्त गरे । त्यस्तै पुरुषतर्फ अनिस थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको समयसहित दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।यता गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए l दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे l
त्यस्तै सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३:४४ सेकेण्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३०.० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेण्डको समयसहित तेस्रो भईन् । यता पूर्ण लक्ष्मी न्यौपाने चौंथो र बिर्सना कुमाल पाँचौं भईन् l दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे l
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: शेर्पा मल दरबार मार्गमा आएर सकिएको थियो l