काठमाडौं : नेपाली राष्ट्रिय टोलीका चार खेलाडी आबद्ध मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल लिगमा सानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा मासा युनाईटेडले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले परजित गरेको हो ।
मासाको जितमा नेपालकी अनिता केसीले दुई गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बु र सम्रोज समिरानाले एक एक गोल गरिन् ।
यस अघि पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो । यो सँगै मासाले लगातार दोस्रो जित निकालेको हो ।