काठमाडौं : त्रिभुवन आर्मी क्लबले शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि जितेको छ । शनिबार हेटौंडास्थित वन बिज्ञान खेल मैदानमा भएको फाइनलमा आर्मीले मकवानपुर–११ लाई १–० ले हराउँदै उपाधि हात परेको हो ।
आर्मीको जितमा कप्तान टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै आर्मीले १० लाख नगद हात पारेको छ ।
उपविजेता मकवानपुर–११ ले पाँच लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको बेष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट, बेष्ट डिफेन्डर आर्मिका दिपक गुरुङ, मिडफिल्डर आर्मिका सेसेहाङ आङदेवे, गोलकिपर आर्मिका विवश चौधरी र बेष्ट प्रशिक्षक आर्मिका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै मकवानपुर–११ का अमिर श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका का छन् । उनलाई रोयल इनफिल्ड मोटरसाइकल जितेका छन् ।