चैत ८, २०७७ आइतबार

एजेन्सी  : घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट शृखंला जितेको छ ।
अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा पाहुना टोली इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले शृखंला ३-२ ले आफ्नो बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाउदै२२४ रन बनायो।  २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।
 इंग्ल्याण्डका लागि डेबिड मलान ६८ रन जोड्दा आउट भए भने जोस बटलर ५२ रनमा आउट भए ।यस्तै जोसन रोय ० रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए ।  बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए ।साम करण १४ रनमा अविजित रहे ।
भारतका लागि भने शार्दुल ठाकुरले ३ विकेट,भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए ।
यस अघि  भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले, रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले भने हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए ।
इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।