चैत ८, २०७७ आइतबार

मिति २०७७ फागुन २९ गते शनिबार देखी डिग्री क्याम्पसको खेल मैदानमा भईरहेको "तेस्रो मार्स कप२०७७ "को हिजो चैत ७ गते भएको दोस्रो दिनको खेलमा मार्सा रातो र प्यान विराटनगरले विजयी सुरुवात गरेका छन।

पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको लाईभ-11 विरुद्ध आक्रमक व्यटिङ्ग गर्दै विराटनगर रातोले १५५ रनको उच्च स्कोरमा बनाउन सफल भएको थियो। १५६ रनको लक्ष्य पच्छ्याउने क्रममा लाईभ 11 १२४ रनमा समेटिएको थियो।
यस खेलका म्यान आफ दि म्याच मेचि युनिटका लोमस निरौला भएका थिए। उनले तिन ओभर बलिङ्ग गर्दै १७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिन सफल भएका थिए।भने विराटनगर रातोका राम रिसाल ज्युले पनि २० बलको सामना गर्दै महत्वपूर्ण ६० रन बनाउनु भएको थियो। 

त्यसै गरी मार्सा निलो र प्यान विराटनगरबिच भएको दोस्रो खेलमा प्यान विराटनगर विजयी हुन सफल भएको छ।
प्यान विराटनगर ले टस जितेर पहिलो व्याटिङ्ग गर्दै प्रतियोगिताकै उच्च स्कोर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य लिएर जबाफी व्याटिङ्ग उत्रिएको विराटनगर निलोले १४५ रन मात्र बनाउन सक्यो।
यस खेलका म्यान आफ द म्याच PEAN विराटनगरका सलन कामत घोषित भए। उनले महत्वपूर्ण ४ विकेट लिए भने १३ रन समेत बनाएका थिए।
एलाईभ फार्मास्युटिकल्स मुख्य प्रायोजक रहेको यस "3RD NMSRA CRICKET CUP 2077 " प्रतियोगितामा नेपाल इन्वेस्टमेंट बैक र देउराली जनता फार्मास्युटिकल्स सह प्रायोजक रहेको छ। भने CHAMPIONS SPORTS, KOHINOOR CHASMA GHAR, NEW ARABIC BIRYANI HOUSE,पाथिभरा ज्वेलर्स, रजक फर्मा,आशिया मेडिको,शिखा फास्ट फूड, होटल ऐसियाटिक ले पनि सहयोग गरेको छ। 

हरेक शनिबारमा खेलिने तय गरिएको यस प्रतियोगिताको सेमिफाइनल खेलहरु २०७७ चैत १४ गते शनिबार खेलाईने कुरा यस प्रतियोगिताका सह -संयोजक उपेन्द्र पोख्रेल ज्युले जानकारी दिनु भयो। प्रतियोगिताको विजेताले रु ३५ हजार नगद सहित ट्रफी र उपविजेताले रु २५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ।