चैत ८, २०७७ आइतबार

फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोमाथि ३-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

सेल्टाको मैदानमा भएको खेलमा पाहुना टोली रियललाई जिताउन करिम बेन्जेमाले दुई गोल गरे भने मार्को एसेन्सियोले एक गोल गरे । यता सेल्टाका शान्ति मिनाले एक गोल फर्काए गरे ।

जारी खेलको २०औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ३०औँ मिनेटमा पुन बेन्जेमाले दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

त्यस्तै खेलको ४०औँ मिनेटमा सेल्टाका मिनाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउने प्रयास गरे । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको रियलले दोस्रो हाफको खेलको इन्ज्युरी समयमा एसेन्सियोले गोल गर्दै ३-१ गोलको जित दिलाए ।

उक्त जितसँगै रियलले २८ खेलमा ६० अङ्क जोड्यो । उसले बार्सिलोनालाई उछिन्दै दोस्रो स्थान बनायो । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनासँग ५९ अङ्क छ । ऊ लिगको तेस्रो स्थानमा छ ।यता पराजित सेल्टा भने ३४ अङ्कका ११औँ स्थानमा छ ।