एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा साविको विजेता बायर्नले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा स्टटगार्टमाथि ४–० गोलको शानदार जित निकालेको छ ।
बायर्नले आफ्नै मैदानमा स्टटगार्टलाई हराउँदा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने सर्जी ग्नाब्रीले एक गोल गरे ।
खेलको १२औँ मिनेटमा नै बायर्न १० खेलाडीमा सीमित बनेको बायर्नले खेलको १७औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । २२औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
त्यस्तै २३औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्न ३-० गोलको अग्रता दिलाउँदा त्यसपछि खेलको ३९औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । र, बायर्नलाई ४–० गोलको जित दिलाए ।
उक्त जितसँगै बायर्नले २६ खेलमा ६१ अङ्क बनाएको छ । यता पराजित स्टटगार्ट ३६ अङ्कका साथ आठौँ स्थानमा छ ।