चैत ८, २०७७ आइतबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटी इंग्लिस एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिबार राति भएको क्वार्टरफाइनल खेलमा एभर्टनमाथि २-० गोलको जित निकाल्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।

एभर्टनको मैदानमा सिटीलाई जिताउन इल्के गुन्डोगान र केभिन डी ब्रुयनले समान एक–एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेल सकिन ६ मिनेट बाँकी छँदा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको अतिरिक्त समयको ९०औँ मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई जिताए ।