चैत ८, २०७७ आइतबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला हारबाट जिगोगिएको छ । सेभिल्लाको गोलरक्षक बोनोले खेलमा इन्जुरी समयमा गोल गरि टोलीलाई हारबाट जोगाएका छन् ।

भालाडोलिको घरेलु मैदानमा भएको खेलमा सेभिल्ला १-० ले पछि परेको थियो अन्तिम समयसम्म ।४४ औँ मिनेटमा पाएको पेनाल्टीमा ओरेलानाले रियल भालाडोलिडका लागि गोल गरेका थिए । पाहुना टोली सेभिल्लाका लागि इन्जुरी समयको ९४ औँ मिनेटमा गोलरक्षक बोनोले गोल गरेर बराबरी गरेका हुन् ।

गोल गरेका उनले सेलिब्रेसनको क्रममा जर्सी फुकालेका कारण पहेँलो कार्ड पाए । बराबरीपछि चौथो स्थानको सेभिल्लाको २८ खेलबाट ५५ अंक भएको छ । शनिबार राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओ र एइबरले १–१ तथा हुएस्का र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् ।