चैत ८, २०७७ आइतबार

चाैतारा : सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ फटकसिलाका राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली नोट छापेर कारोबार गरिरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त भए अनुसार दनुवारलाई पक्राउ गरिएको हो ।

हिजो शनिबार मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको बिआरएस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जानएको छ ।

उनको साथबाट नोट छाप्न प्रयोग गर्ने पेपर थान २४, एक हजारको नेपाली नोट अगाडी पछाडी प्रिन्ट गरिएको पेपर थान १, नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर थान १ फेला परेको प्रहरीले जनाएको छ ।