चैत ८, २०७७ आइतबार

काठमाण्डौ : नेपाल क्रिकेट संघ(क्यान)ले आगामी बर्षको सुरुवाती महिनामा नेपालले आफ्नै भुमीमा क्रिकेट शृखंला गराउने तयारी गरीरहेको क्यानका एक केन्द्रीय सदस्यले बताए।

यही चैतमा ओमानमा तय भएको आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल,ओमान र अमेरिका सम्मिलित      त्रिदेशिय क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीको  अहिले कुनै अन्तर्राष्ट्रिय खेल रहेकोछैन ।

त्यसैले नेपाल क्रिकेट संघ(क्यान)ले फागुन अन्तिममा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा  काठमाडौं मेयर्स कप क्रिकेट आयोजना गरेको थियो ।

आगामी जुलाईमा खेल्ने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृखंला नै हो । स्थगित भएको शृखंला भने कहिले हुने टुंगो छैन।

“यस्तै २०७८ साल वैशाखमा क्यानले अन्तर्राष्ट्रिय  शृखंला गर्ने योजना बनाइरहेको छ । क्यानले यसअघि पनि नेपालमा विभिन्न टिम बोलाएर प्रतियोगिता गराउने   पहल गरेपनि कोरोना तथा बजेटले गर्दा आयोजना गर्न सकेन” ति केन्द्रीय सदस्यले बताए   ।

अब वैशाखमा शृखंला हुने पक्का भएमा क्यानले बन्द प्रशिक्षण पनि शुरु गर्नेछ ।