चौतारा : सिन्धुपाल्चोक जिल्लाको उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन भएका छन् । संघको १० औं अधिवेनबाट सर्वसम्मत नेतृत्व चयन गरेको संघको प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्यकार्की चयन भएका छन् ।
मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन भएका हुन् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह-कोषाध्यक्षमा विचारी पराजुली सर्वसम्मद भएका हुन् ।
संघको विधानअनुसार कार्यसमितिका ३० सदस्यमध्येबाट पदाधिकारी चयन गरिएको हो । संघको अध्यक्षमा भने राज कुमार बस्नेत निर्विरोध भएका थिए ।