एजेन्सी।
भारतसँगको टिट्वान्टी शृखंला गुमाए पनि इंग्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले टिट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान बनाएका छन् ।
मलानले भारत विरुद्धको पाँचौ टि ट्वान्टीमा विश्व कीर्तिमान कायम गरेका हुन् । मलान टि ट्वान्टी अन्तर्राष्ट्रियमा सवैभन्दा कम इनिङमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले गएराती ४६ वलमा नौ चौका र २ छक्काको मदतमा ६८ रन बनाएका थिए । उनले यो सफलता मात्र २४ इनिङमा प्राप्त गरेका हुन् ।
यसअघि यो कीर्तिमान पाकिस्तानका बाबर आजामको नाममा थियो । आजामले सन २०१८ नोभेम्बर चारमा न्युजील्यान्ड विरुद्ध सो कीर्तिमान बनाएका थिए । उनले एक हजार रन बनाउने क्रममा २६ इनिङ खेलेका थिए । तेस्रो स्थानमा भारतीय कप्तान विराट कोहली छ । कोहलीले २७ इनिङमा एक हजार रन पुरा गरेका हुन् ।