चैत ८, २०७७ आइतबार

काठमाण्डौ : आगामी २७ गतेबाट सुरु हुन गईरहेको ईण्डियन प्रिमियर लिग(आईपिएल) गत महिना सम्पन्न अक्सनमा १अरब ४५ करोड ३० लाख भारुमा ५७ खेलाडी किनबेच भएकोमा सर्वाधिक खर्च गर्नेमा रोयल च्यालेन्जर्स बैंग्लोर रहदा कम खर्च गर्नेमा सनराईजर्स हैदराबाद रहदा क्रिस मोरिसलाई ऐतिहासिक मुल्यमा टिममा भित्र्याएको राजस्तान भने यस सुचीको तेस्रो स्थानमा रहेको छ।कुन टिमले कति खर्चमा खेलाडी अनुबन्धन गरायो भन्ने बारेको विस्तृत विवरण यसप्रकार रहेको छ :
)रोयल च्यान्जर्स बैंग्लोर(आरसिबि)
१० करोड भन्दा माथिको मुल्य दुई विदेशी खेलाडी अनुबन्धन गरीएको आरसिबिले जम्मा ११ खेलाडी ३५ करोड ५ लाख भारु खर्च गरि यस सुचीमा शिर्ष स्थानमा रहे। 

२)पन्जाव किंग्स
१४ करोड भारुमा अस्ट्रेलियन तिब्र गतिका बलर जाय रिचर्डसनलाई टोलीमा अनुबन्घ गराउन सफल टिम पन्जावले कुल ३४ करोड ४० लाखमा १४ खेलाडी भित्र्याएकोमा यस सुचीको दोस्रो स्थानमा रहन सफल भयो। 

३)राजस्तान रोयल्स
आईपिएलको ईतिहासमा नै सर्वाधिक मुल्यमा बिक्रि भएका क्रिस मोरिसलाई भित्र्याएको रोयल्सले उनी सहित ११ खेलाडी टिम अनुबन्धन गरेकोमा २४ करोड २० लाख कुल खर्च गर्यो। 

४)चेन्नाई सुपर किंग्स
७ खेलाडी टिम अनुबन्ध गरेको चेन्नाईले कुल १७ करोड ३५ लाख खर्चेको छ। 

५)मुम्बई ईण्डियन्स
११ खेलाडीलाई ११ करोड ७० लाख मा भित्र्याउन सफल मुम्बई यस सुचीको पाचौं स्थानमा सुचीकृत भएको छ। 

६)दिल्ली क्यापिटल्स 
गत संस्करणको उपबिजेता टोली दिल्लीले यस अक्सन मार्फत ११ खेलाडी ११ करोड २५ लाख भारुमा टिममा अनुबन्ध गराएको छ। 

७)कलकत्ता नाईट राईडर्स
गएको संस्करणमा प्रतियोगिताकै मध्यमा कप्तान परिवर्तन गराएको कलकत्ताले गएको अक्सन मार्फत ७ करोड ५५ लाखमा १० खेलाडी टोलीमा भित्र्याउदा यस सुचीको सातौ स्थानमा रहन पुग्यो। 

८) सनराईजर्स हैदरावाद 
अक्सन मार्फत ४ खेलाडीलाई मात्र ३ करोड ८० लाख भारु खर्चदै यो टिम सबैभन्दा कम खर्च गर्ने टिममा रहन पुग्यो।