एजेन्सी : इटालियन सिरी फुटबल साविको विजेता युभेन्टससहित आज ६ टोलीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
आजको खेल मुख्य त साविको विजेता युभेन्टसले बेनाभेन्टोको सामना गर्दैछ । नेपाली समयअनुसार यी दुई टोली बीचको खेल आज साझ ७:४५ बजेबाट सुरु हुनेछ । उक्त खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ ।
आजको खेलमा साविकको विजेता युभेन्टस सहज जित निकाल्दै उपाधि यात्रा कायमै राख्न चाहन्छ । हाल २६ खेलबाट ५५ अंक बनाएको युभेन्टस तेस्रो स्थानमा रहेको छ । ऊ शिर्ष स्थानको इन्टर मिलान भन्दा १० अंकले पछि छ ।र दोस्रो स्थानको एसी मिलान भन्दा १ अंकले पछि छ । यधपी शिर्ष स्थानको मिलानले युभेन्टस भन्दा एक खेल बढी खेलको छ। युभेन्टसले आजको खेलमा जित निकालेमा शिर्ष स्थानको मिलानसँगको अंक दूरी ७ मा झार्न छ ।
त्यस्तै आज अर्को खेलमा रोमाले नापोलीको सामना गर्दैछ । उक्त खेल नापोलीको मैदानमा हुनेछ । त्यस्तै दोस्रो स्थानको एसी मिलानले फेरिन्टिनोको सामना गर्नेछ । उक्त खेल फेरिन्टिनोको मैदानमा हुनेछ ।
आज हुने अन्य खेलहरु
१. भेरोना भर्सेस एट्लान्टा (५:१५) बजे
२. उडिनेसा भर्सेस लाजियो (७:४५) बजे
३. साम्पोडोरीया भर्सेस टोरीनो (७:४५) बजे
४. फेरिन्टिनो भर्सेस एसी मिलान (१०:४५) बजे
५. रोमा भर्सस नापोली (१:३०) बजे