काठमाडौं : त्रिभुवन आर्मी क्लबले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)को खेल तालिका अनुसार आर्मीले दशरथ रंगशालामा खेल्ने भएको हो ।
आर्मीले प्ले अफको पहिलो खेलमा श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ ।
आर्मी र श्रीलंका पुलिसबीचको खेल आगामी अप्रिल ७ मा हुनेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् ।
समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।