काठमाडौं ; त्रिभुवन आर्मी क्लबले भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडमाथि पुनरागमन जित निकाल्दैं दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधि जितेको हो ।
आइतबार ईलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले नगद २ लाख र उपविजेता विमानले नगद १ लाख रुपँया हात पारेको छ । आर्मीले विमानमाथि १७-२५, २२-२५, २५-१४, २५-१८ र १५-१२ ले हराउँदै उपाधि जितेको हो ।
सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि जितेको हो ।
त्यस्तै आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।