चैत ८, २०७७ आइतबार

काठमाडौं : पहिलो संस्करणको साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ। सोमबार हुने फाईनल खेलमा आयोजक रातो र गल्कोट बाग्लुङबीच प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा न्युटन स्कुललाई ३-२ को प्रतिस्पर्धात्मक सेटले जितेको हो। यस्तै दोस्रो सेमिफाइनलमा गल्कोटले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
यस्तै तेस्रो स्थानको लागि न्युटनले मणिमुकुन्दसँग खेल्नेछ ।प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।