चैत ९, २०७७ सोमबार

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ आबद्ध राउण्डग्लास पञ्जाब एफसीले हिरो आई लिग फुटबलमा जित निकालेको छ ।

आइतबार कोलकाता स्थित कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दश खेलाडीमा सिमित रियल काश्मिरमाथि १–० को साँघुरो जित निकाल्यो । पञ्जाबको जितमा भुटानी स्टार चेञ्चो ग्याल्सेन निर्णायक गोल गरे ।

ग्याल्सेनले पहिलो हाफको ३७औं मिनटमा गोल गरेको एक मात्र गोल पञ्जाबलाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । उता खेलको इन्जुरी समयमा लालरिन्दिका राल्टेले रातो कार्ड खाँदै मैदान छाड्दा काश्मिर दश खेलाडीमा खुम्चिएको थियो ।

लिग उपाधि होडका लागि जारी शिर्ष ६ टोलीबीचको च्याम्पियनसिप स्टेजमा भिडिरहेको पञ्जाब आइतबारको जितसँगै १४ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । साथै शिर्ष स्थानको गोकुलम केरला भन्दा ४ अंकले पछाडी छ ।