एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बेनेभेन्टोसँग घरेलु मैदानमै १–० गोलले पराजित भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक बने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पाहुना टोलीको जितमा अदोल्फो गाइचले निर्णायक गोल गरे । उनले दोस्रो हाफको खेलको ६९औँ मिनेटमा गाइचले गोल गर्दै बेनेभेन्टोलाई जिताए ।
उक्त जित सँगै १६औँ स्थानको बेनेभेन्टोले २८ खेलमा २९ अङ्क जोडेको छ । यता पराजित युभेन्टस भने २७ खेलबाट ५५ अङ्कका साथ चौथो स्थानमा झरेको छ ।
अन्य खेलको नतिजा
भेरोना भर्सेस एट्लान्टा (०-२)
उडिनेसा भर्सेस लाजियो (०-१)
साम्पोडोरीया भर्सेस टोरीनो (१-०)
फेरिन्टिनो भर्सेस एसी मिलान (२-३)
रोमा भर्सस नापोली (०-२)