चैत २३, २०७८ बुधबार

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । 

पछिल्लो गणनाअनुसार घिमिरेले १०७५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ५५३ मत प्राप्त गरेका छन् ।

महासचिवमा अन्जिता खनालले ९६० र केदारप्रसाद कोइरालाले ६५७ मत प्राप्त गरेका छन् ।

बारको चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । 


बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० मतदाता रहेका थिए ।  सात हजार ४२९ मत मात्र खसेको थियो ।