चैत ९, २०७७ सोमबार

काठमाडौ : आगामी १० गतेबाट सुरु हुने थ्री नेशन्स कपको खेल्न कीर्गिस्तानको ओलम्पिक टोली काठमाडौंँ आइपुगेको छ । आइतबार कीर्गिस्तान फुटबल टोलीका सदस्य, प्रशिक्षकसहित २९ जनाको टोली काठमाडौँ आइपुगेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र कार्यसमिति सदस्य रुपेश अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कीर्गिस्तानको टोलीलाई स्वागत गरे ।

प्रतियोगिताअन्तगर्तको पहिलो खेलमा कीर्गिस्तानले आगामी मङ्गलबार बङ्गलादेशको सामना गर्नेछ । नेपालले चैत १० गतेदेखि ‘थ्री नेशन्स कप’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश र कीर्गिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाइनेछ ।