एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्परले एस्टोन भिल्लालाई २–० गोलले हराएको छ ।
आइतबार राति टोटनह्यामले भिल्लालाई उसैको मैदानमा हराउँदा कार्लोस भिनिसियस र ह्यारी केनले समान १/१ गोल गरे ।
खेलको २९औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई जिताए ।
उक्त जितसँगै टोटनह्यामले साविक विजेता लिभरपुललाई उछिनेको छ । उसले २९ खेलमा ४८ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । ४६ अङ्क भएको लिभरपुल सातौँ स्थानमा चिप्लिएको छ । यता पराजित भिल्ला भने ४१ अङ्कसहित दसौँ स्थानमा छ ।