काठमाडौं : नेपालमै पहिलो पटक हुन लागेको फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा सहभागी मध्य एक टोली हो ललितपुर सिटी एफसी , भाट भटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले सोमबार आफ्नो मुख्य प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त गरेको हो ।
महाराजगन्जस्थित भाट भटेनीको कार्यलयमा एक समारोह गरि आफ्नो टोलीको मुख्य प्रशिक्षक सार्वजनिक गरेको छ ।
उनी सँग ए डिभिजन क्लब थ्री स्टार क्लबको नेतृत्व गरिसकेको अनुभव रहेको छ । घरेलु फुटबलसहित युरोपेली फुटबलको अनुभव बटुलिसकेका हुमागाईको नेतृत्वमा क्लबले राम्रो नतिजा निकाल्नेमा क्लब विश्वस्त रहेको जनाएको छ ।
ललितपुरसँगको सम्झौतापछि बोल्दै हुमागाईले के भने ?
ललितपुर सिटी एफसी सँगको सम्झौता पत्रमा हस्ताक्षर पछि उनले भने , 'यो समय मैले बोल्ने भन्दा गरेर देखाउने समय आएको छ । मलाई नेपाली फुटबलमा केही गर्ने चाहना थियो । त्यो अवसर ललितपुर एफसीले दिएको छ,' 'टिम राम्रो बनेको छ । खेलाडी सबै उत्साहित छन् । हामी छिटै प्रशिक्षण सुरु गर्ने छौँ ।'
ललितपुर सिटीमा आबद्ध खेलाडीहरु
( अन्जन विष्ट मार्की )
अक्सनबाट - मिक्छेन तामाङ , नवीन लामा, विनोद गुरुङ , प्रवेश दनुवार , कमल श्रेष्ठ , एरिक विष्ट , विमल राना मगर , रोहित कार्की , सरोज योन्जन , रन्जन विष्ट , निरज बस्नेत , पल्साङ लामा , गौरव बुढाथोकी , र अर्पन कार्की रहेका छन् ।
साथै क्लबले भनेको छ , नेपाल सुपर लिग नेपाली फुटबलको व्यवसायीकरणमा कोशेढुङ्गा सावित हुने विश्वास हामीले लिएका छौँ । फ्रेन्चाईज टिमको माध्यमबाट हामी पनि नेपाली फुटबलमा योगदान गर्न चाहन्छौं । क्लब परिवार तपाईहरुको सदा सहयोगको अपेक्षा गर्दछ ।