काठमाडौं : नेपालमै पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली ललितपुर सिटी एफसीले प्रतियोगिताका लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गरेको हो । ललितपुरका टोली मालिक कामना गुरुङ, मुख्य प्रशिक्षक प्रदिप हुमागाई लगायतले जर्सी सार्वजनिक गरेका थिए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको यस प्रतियोगितामा ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
लिगमा ललितपुरसँगै विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।