चैत ९, २०७७ सोमबार

काठमाण्डौ : तेस्रो संस्करणको एमएम कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् ले गर्ने भएको छ। 

यस अघिका दुई संस्करण सुनसरीमा सम्पन्न सो प्रतियोगिता यस संस्करण भने काठमाण्डौमा हुने छ।प्रतियोगितामा सात प्रदेश तथा तिन विभागिय टोली गरी १० टोलीको सहभागीता रहने सो प्रतियोगिताको संचालन मिती भने तय भएको छैन। 

नेपाल आर्मी दुई संस्करणको बिजेता रहेको सो प्रतियोगिताको तिन वर्षसम्मको प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्टस् को रहने भएको छ। सो सम्झौतामा एमएम कपका निर्देशक विप्लब घोष र एक्सन स्पोर्टसको संचालक संस्था ओईपिएलका प्रमुख दयाराम पाण्डेले एक कार्यक्रमका बिच हस्ताक्षर गरेका हुन्।