चैत ९, २०७७ सोमबार

काठमाडौ : आगामी चैत २१ गते बाट चैत २८ सम्म संचालन हुने पहिलो संस्करणको ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको  खेलतालिका सार्वजनिक भएको छ।

नेपाल क्रीकेट संघ(क्यान)को आयोजनामा तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा संचालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा केही महिना अघि सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका दुई फाईनलिस्ट टोली नेपाल एपिएफ क्लब र प्रदेश नम्बर १ बिच खेल हुने छ।

चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिम सहभागी रहने छन् । जसमा केही महिना अघि दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेटको  सेमिफाइनल पुगेका चार टोली(एपिएफ क्लब,प्रदेश १,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश) र आयोजक ललितपुर मेयर ११ टोली समावेश रहनेछन् ।