चैत १०, २०७७ मंगलबार

एजेन्सी : घरेलु टोली भारत र पाहुना टोली इंग्ल्याण्ड बिचको तिन खेलको एकदिवसिय शृखंला आजबाट सुरु हुदै छ। भारतको पुनेमा नेपाली समयानुसार दिउसो १:४५ बजे सुरु हुदैछ। 

५ खेलको टिट्वान्टी शृखंला ३-२ ले जितेको घरेलु टोली सोही लयलाई निरन्तरता दिन चाहान्छ भने पाहुना टोली एकदिवसियको वर्तमान विश्व च्याम्पियन रहेकोले उसलाई कम आक्न मिल्दैन। 

तिव्र गतिका बलर जोफ्रा आर्चर घाईते रहेका कारण टिम बाहिर रहेकाले इंग्ल्याण्ड केही कमजोर भने रहेको छ। 

दुवै टोलीको सम्भावित ११ यसप्रकार रहेको छ:

इंग्ल्याण्ड
जेसन रोय,जोनी बेयस्ट्रो,इयोन मोर्गान(कप्तान),वेन स्टोक्स,जस बटलर(विकेट किपर),साम विलिङ्स,मोईन अलि,साम करन,मार्क वुड,आदिल रसिद र रिच टोप्ले

भारत
रोहित शर्मा,शिखर धवन,विराट कोहोली(कप्तान),श्रेयस अय्यर,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,कुर्नाल पाण्ड्या/वासिंटन सुंदर, भुवनेश्वर कुमार, मोहम्मद सिराज/टि नटराजन,सार्दुल ठाकुर र युजव्रेन्द्र चहल