महेश सिंह/सिरहा - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले सहजै मृत्यु दाबी भुक्तानी दिन थालेको छ ।
सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर बस्ने एक महिलाले श्रीमान् गुमाइन् । स्थानीय विशमबुद्ध लामा र फुलकुमारी लामाका कान्छा छोरा शेरतकुमार लामाले वैदेशिक रोजगारीका लागि दुवई पुगेका थिए। दुवई पुगेको केही महिना नबित्दै उनको मृत्यु भएको थियो।
उनी विदेश जानेक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगारी बिमा गराएका थिए। उनको परिवारलाई क्रिया खर्चसहित ११ लाखको चेक हस्तान्तरण गरिएको छ ।