सुजल थापा ✍️
काठमाडौं :आधुनिक फुटबलका महान हस्ति एवम् पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डबाट मात्र सात गोलले पछि छन् । इरानका अली दाइको १०९ गोलको कीर्तिमानबाट युभेन्टसका स्टार मात्र ७ गोलले पछि रहेका छन् ।
पोर्चुगलका लागि हाल सम्म १०२ गोल गरेका रोनाल्डोको नजर भने सोही अली दाइको कीर्तिमान भङ्ग गर्नछ । पोर्चुगलले यसै मार्चमा ३ अन्तर्राष्ट्रिय खेल खेल्दैछ । जसमा पोर्चुगलले मार्च २४ मा अर्थात भोली अजरबैजान, २७ मा सर्बिया र ३० मा लक्जम्बर्गसँग खेल्दैछ ।
सन २०२२ मा कतामा हुने फिफा विश्वकप छनोटअन्तर्गतका तीनै खेल खेल्दा रोनाल्डोको नजर भने सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डमा छ । सन २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टोलीमा डेब्यू गरेका रोनाल्डो उक्त कीर्तिमान तोड्ने अवसर आएको छ ।
रोनाल्डोले सन् २००४ मा युरोपियन च्याम्पियनसिपमा ग्रीकविरुद्ध गोल गर्दै पोर्चुगलका लागि डेब्यू गोल गरेका थिए । सन २०४ जुन १२ मा ग्रीकविरुद्ध गोल गरेका रोनाल्डोले त्यसको दुई वर्षअगाडि नै व्यवसायिक करिअरका लागि गोल गरिसकेका थिए । १४ अगस्ट २००२ मा उने स्पोर्टिङ सिपीबाट पहिलो गोल गरेका थिए ।
ग्रीकविरुद्धको गोलपछि रोनाल्डोले अन्तर्राष्ट्रिय गोल गर्ने क्रमलाई निरन्तरता दिइरहे । सन् २०१९ मा उनले अन्य वर्षको तुलनामा सबैभन्दा धेरै १४ गोल गरेका थिए । अघिल्लो वर्ष कोभिड–१९ का कारण पोर्चुगलले मात्र ६ खेल खेलेको थियो, जसमा उनले ३ गोल गरेका थिए ।
रोनाल्डोको मुख्य उद्देश्य भनेको पोर्चुगललाई २०२२ मा कतारमा हुने विश्वकपमा छनोट गराउनु र विश्वकपको उपाधि जित्नु हो । यति मात्रै हैन सर्वाधिक अन्तर्राष्ट्रिय गोलको क्रीर्तिमान आफ्नो नाममा पनि राख्नु हो । यो कुरा उनले केही समययता भन्दै पनि आइरहेका छन् ।