काठमाडौं।
बंगलादेशविरुद्धको टीट्वान्टी शृखंलाका लागि न्यूजिल्याण्डले टोली घोषणा गरेको छ ।न्यूजिल्याण्डले आज टिम साउथीको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।
नियमित कप्तान केन विलियम्सन टी २० शृखंलामा पनि उपलब्ध हुने छैनन् । उनी चोटका कारण अहिले विश्राम गरिरहेका छन् ।चोटकै कारण विलियम्सनले जारी एकदिवसीय शृखंलामा पनि समावेश रहेका छैनन् ।
फिन आलेन र विल योङले पहिलो पटक टीट्वान्टी टोलीमा टिममा मौका पाएका छन् । त्यस्तै, चोटका कारण विश्राम गरिरहेका लकी फर्गुसन र एडम मिल्नेले ‘टिममा पुनरागमन गर्दा
ईण्डियन प्रिमियर लिगमा करौडौ मुल्यमा विकेका कायल जेमिन्सन भने टिममा रहेका छैनन् । र्शखंला आगामी आईतबारबाट सुरु हुने छ ।
बंगलादेश र न्यूजिल्याण्डबीचको तीन खेलेको सिरिज २८ मार्चदेखि सुरू हुनेछ ।
न्यूजिल्याण्डको टीट्वान्टी टिम यसप्रकारको रहेको छ :
मार्टिन गुप्टिल, ग्लेन फिलिप्स, टोड एस्टल, हमीश बेनेट, टिम साउथी ९कप्तान०, फिना एलेन, मार्क चेपम्यान, डेवन कोनवे, लकी फर्ग्युसन, एडम मिल्ने, डारियल मिचेल, ईश सोधी र विल योङ ।