काठमाण्डौ।
सोमबार दुई महिना यताकै धेरै कोरोना संक्रमित नेपालमा देखिए भने छिमेकी देश भारतमा दिनहु कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि फेरी यसको प्रभाव पढ्ने संभावना देखिएको छ ।
यस्तैमा आजबाट काठमाडौंमा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिताका बेला कोरोनाको सम्भावित प्रभावलाई हेर्दैदर्शकको संख्या करिव यस अघि निर्णय गरिएको भन्दा आधा कम गरिने भएको छ ।
एन्फाले नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित प्रतियोगितामा करिव १२ हजार दर्शक प्रवेश गराउने यसअघि बताएको थियो । तर अहिले त्यो संख्यालाई आधा घटाइने भएको छ ।
एन्फाले यो प्रतियोगिताका बेला करिव आठ हजार दर्शकलाई मात्र प्रवेश गराउने र सामाजिक दुरी कायम गरेर राख्ने निर्णयमा पुगेको छ । बंगलादेश र किर्गिस्तानको खेलको भन्दापनि नेपाल र किर्गिस्तान र बंगलादेशविचको खेलका बेला धेरै दर्शकको अपेक्षा गरेको छ ।
जसका कारण एन्फाले संभावित असरलाई ध्यानमा राखेर करिव आठ हजार दर्शकका लागि टिकट विक्रि गर्ने र सबैले अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ ।