बैशाख ११, २०७९ आइतबार

नेपाल मार्ग,  नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबको ५ औँ अधिवेशन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट यसै २२  तारिखमा सम्पन्न अधिवेशनबाट २१ जना कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
 
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले देशको विकसित राजनीति घटनाक्रमअनुसार पार्टीले मध्यमार्गी बाटो लिनुपरेको र पार्टीले लिएको मध्यमार्गी बाटोले पार्टीलाइ कुनै असर नपर्ने र पाटीभन्दा बाहिरका केही पात्रहरूले गरेको हल्लामा कोही निराश नहुन अपिल गरेका छन् ।

कार्यक्रममा साउदीबाट नवनिर्वाचित साउदी मोर्चा सल्लाहकार समिति संयोजक युवराज कार्कीले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी कतारबाट कतार एरिया पार्टी सेक्रेटरी रेसम पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुसाल थिए ।


टिकाराम वली 'सुरेस'को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव विपिन शर्मा निरौलाले सञ्चालन गरेका थिए ।
 

नवनिर्वाचित कार्यसमिति यस्तो छ :
१) अध्यक्ष - टिकाराम वली
२) उपाध्यक्ष - थमबहादुर राना 
३) उपाध्यक्ष - थोम गुरुङ 
४) महासचिव - विपिन शर्मा निरौला 
५) सचिव - विपिन थापा
६) सचीव - जीवराज पुन 
७) कोषाध्यक्ष - गंगा थापा 
८) सदस्य शुक्ला बस्नेत 
९) सदस्य राम खत्री 
१०) सदस्य कान्छा लामा 
११) सदस्य निरस केसी 
१२) सदस्य ईश्वर बोम्जङ 
१३) सदस्य कुमार शेष्ठ 
१४) सदस्य रूपक क्षेष्ठ 
१५) सदस्य सुरेश प्रधान 
१६) सदस्य रवि भण्डारी 
१७) सदस्य हीरा सिंह 
सल्लाहकार समिति 
१)संयोजक युवराज कार्की 
२) सदस्य दिल सुब्बा 
३) सदस्य विस्नु मगर ४) सदस्य इस्लाम