एजेन्सी।
न्युजिल्यान्ड बंगलादेश ३ खेलको एकदिवसीय शृखंला एक खेल अगावै घरेलु टोली न्युजील्याण्डले जितेको छ ।मंगलबार सम्पन्न दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै घरेलु टोली न्युजिल्यान्डले शृखंलामा जित दर्ता गरेको हो ।बंगलादेशले दिएको २७२ रनको लक्ष्य न्युजिल्यान्डले ४८ ओभर २बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।
क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७१ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान तामिम इक्बालले सर्वाधिक रनको योगदान दिए । रनआउट हुनु अघि उनले १०८ बलमा ११ चौका सहित ७८ रन प्रहार गरे ।
अविजित ७३ रन जोडेका मोहम्मद मिथुनले ५७ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । मुस्फिकुर रहिमले ३४ रन जोडे ।न्युजिल्यान्डका मिचेल स्यांटनरले २, ट्रेन्ट बोल्ट म्याट हेनरी र काइल जिमिसनले समान १–१ विकेट लिए ।
न्युजिल्यान्डका लागि कप्तान टोम लाथमले शतकीय पारी खेले । ११० रनमा अविजित रहेका उनले १०८ बलमा १० चौका प्रहार गरे ।डिभोन कोनवेले ७२ रनको योगदान दिए ।जिमी निसमले ३० रन बनाए ।बंगलादेशका लागि मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २–२ विकेट लिए ।
तेस्रो तथा अन्तिम खेल मार्च २६ मा हुनेछ ।