काठमाडौ : पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी आवद्ध रहेको मासा युनाइटेडले फराकिलो जित निकालेको छ ।
मङ्गलबार भएको खेलमा मासाले कराँचीमाथि ३५–० गोलअन्तरको जित दर्ता गरेको हो । नेपाली गोलरक्षक एन्जिला तुम्बाप्पोको कप्तानीमा मैदान उत्रिएको मासालाई जित कप्तान एन्जिलाले पनि दुई गोल गरिन् ।
भने अनिता केसीले १६ गोल, सरु लिम्बूले १० गोल अरिबाले ३ गोल गर्दा गीता राणा र सम्रोज समीनले समान २/२ गोल गरिन् ।
पहिलो खेलमा मासाले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।