काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना मंगलबारबाट सुरु भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तानमाथि बंगलादेशले १-० गोलको जित निकालेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३० औं मिनेटमा आत्मघाती गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे । बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको खेलमा दुबै टोलीले केही सुनौलो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् र खेलमा बंगलादेश विजयी भयो । यो सँगै बंगलादेशले महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।
त्यस्तै बिहीबार हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ । उक्त दशरथ रंगशाला हुनेछ ।