काठमाण्डौ।
गत बर्ष नेपालमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली राष्ट्रिय बिच भलिबल टिमको महत्त्वपूर्ण सदस्य रहेका तथा गण्डकि प्रदेश भलिबल टिमका पुर्ब टिमका पुर्व कप्तान समेत रहेका सन्जु बिक्रम शाह सम्मानित भएका छन्। उनलाई अशिम युथ क्लबले सम्मान गरेको हो।
अशिम युथ क्लब मित्रनगर नया बसपार्क काठमाडौ ले नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडी सन्जु बिक्रम शाह लाई सम्मानित गरेको हो ।
‘खेलाडी मान होइन सम्मान हो , खेलकुद सान होइन हाम्रो पहिचान हो’भन्ने मुल नाराका साथ आयोजित प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिता-२०७७ को समापनको अबसर पारेर सन्जु बिक्रम शाह लाई नगद रु.५०००/- र सम्मान पत्र सहित सम्मानित गरिएको हो ।
समापन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो