एजेन्सी : तिन खेलको एकदिवसिय शृखंलामा घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा जित निकाल्दै शृखंला १-० मा पुऱ्याएको छ।पुनेमा गएराती सम्पन्न भएको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनको जित हात पार्न सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।उसका लागि शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै डेब्यु खेल खेलिरहेका कुर्नाल पाण्डयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५६ रनको इनिङ्स खेले । रोहित शर्मा २८ रनमा आउट भए ।पाहुना टोलीका लागि भने बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।
३१८ रनको चुनौती पछ्याएको इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जेसन रोयले ४६ रन तथा मोइन अलीले ३० रन बनाए । भारतका लागि भने डेब्यु खेल खेलिरहेका प्रशिद्द कृष्णले ४ विकेट,सार्दुल ठाकुरले ३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।