चैत ११, २०७७ बुधबार

एजेन्सी : भारत विरुद्धको तिन एकदिवसिय शृखंलाको पहिलो खेलमा गएराती सहज रुपले पराजित भएको इंग्ल्याण्डले आफ्ना महत्वपुर्ण दुई खेलाडीलाई दोस्रो खेलमा गुमाउन सक्ने भएको छ। 
गएराती भएको खेलमा फिल्डिङका क्रममा चोट बोकेका कप्तान इयान मोर्गन र साम विलिङ्सले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट गुमाउन सक्ने भएका छन् ।दोस्रो एकदिवसिय खेल शुक्रबार हुनेछ।तीन खेलको शृखंलामा  भारत १-० ले अघि रहेको छ ।