बैशाख १४, २०७९ बुधबार

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि आर्थिक वर्ष ०७८/७९ का लागि यस्तो मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकिएको थियो । त्यसअघिको वर्ष ०७७/७८ का लागि ३ हजार १५ रुपैयाँ समर्थन मूल्य थियो ।